
काठमाडौं,६ मङसिर । मानिसहरु चन्द्रमामा घुम्नका लागि जानसक्ने भएका छन् ।घुम्न जानको लागि टिकट बुकिङको काम पनि सुरु भएको बताइएको छ ।
पहिलो टिकट एक अर्बपति सहति छ जनाले लिएका छन् । टिकट काटेसँगै अबको केही वर्षमा मानिसहरु घुम्नका लागि चन्द्रमामा जानसक्ने भएका हुन ।
एलोन मस्कको एयरस्पेसले चन्द्रमामा जाने पहिलो व्यक्तिको नाम घोषणा गरेको बताइएको छ । पहिलो पटक चन्द्रमा घुम्न जाने यात्री ४२ वर्षीय करोडपति युसाकु मायेजावा रहेका छन् ।
यो योजनाका लागि स्पेसएक्सले सन् २०२३ सम्मको योजना तय गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा रहेको स्पेसएक्सले केही समयअघि यो योजना सार्वजनिक गरेको थियो ।पहिलोपटक चन्द्रमा घुम्नको लागि टिकट काट्ने व्यापारी यासाकु जापानी नागरिक रहेका छन ।
अहिलेसम्म २४ जना मानिसहरु चन्द्रमामा गएका छन् । यी सबै अमेरिकी नागरिक रहेको बताइएको छ । सन् १९७२ मा अमेरिकी स्पेस एजेन्सी नासाले अन्तिमपल्ट चन्द्रमामा मानिसलाई उतारेको थियो ।
अहिले ल्याइएको योजनाअन्तर्गत मानिसहरु चन्द्रमामा उत्रिने भने छैन । सन् २०१७ मा एलोन मस्कले दुई मानिसहरुलाई चन्द्रमाको परिक्रमा गराउने योजनामा पठाउने बताएका थिए ।



















प्रतिक्रिया दिनुहोस्