
काठमाडौं, ५ मंसिर – प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न गरिएको केरुङ–काठमाडौ रेलमार्गबारे छलफल गर्न पुसमा चिनियाँ टोली नेपाल आउने भएको छ । नेपाल र चीनको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन चिनियाँ टोली नेपाल आउने भएको हो ।
प्रारम्भिक रिपोर्ट आएको तीन महिना बितिसक्दा पनि उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने विषयमा दुई देशबीच छलफल भएको छैन् ।
प्रारम्भिक रिपोर्टअनुसार केरुङ–काठमाडौ रेलमार्ग निर्माण गर्न २ खर्ब ७५ अर्ब रुपैयाँ खर्च र ९ वर्ष समय लाग्ने देखिएको छ ।
कुल लम्बाई ७२।२५ किलोमिटर हुने अनुमान गरिएको केरुङ–काठमाण्डु रेलमार्ग विकट क्षेत्रमा निर्माण गर्नुपर्ने भएकाले झन्डै ९९ प्रतिशत भूभागमा सुरुङ वा पुल बनाउनु पर्नेछ ।
चीनतर्फ निर्माण भइरहेको ल्हासा–सिगात्से रेलमार्गलाई नेपाल सीमाको केरुङसम्म ल्याउने योजना छ ।



















प्रतिक्रिया दिनुहोस्