
काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी ओलीले मंसिर २३ गते मुख्यमनत्रीहरूको बैठक बोलाएका छन् ।
भदौ २५ गतेका लागि तय भएर अन्तिम समयमा स्थगित अन्तरप्रदेश परिषद् बैठकलाई ओलीले मंसिरका लागि बोलाएका हुन् ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले मंसिर महिनाभित्र परिषद् बैठक सम्पन्न हुने बताएका छन् ।
भदौ २१ गते पोखरामा भेला भएका मुख्यमन्त्रीहरूले केन्द्र सरकारले असहयोग गरेको भन्दै खुलेर आलोचना गरेका थिए । मुख्यमन्त्रीहरूको पोखरा भेलाबाट प्रधानमन्त्री ओली रिसाएका थिए ।
त्यसपछि ओलीले अकस्मात् परिषद् बैठक स्थगित गरेका थिए । त्यतिवेला गृहकार्य नपुगेको भन्दै प्रधानमन्त्रीले बैठक रोकेका थिए ।



















प्रतिक्रिया दिनुहोस्