ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलेश्वरमा प्रमुख दलको प्रतिबद्धताः नमूना सहरदेखि रिङरोडसम्म


admin

गौशाला, २८ भदौ । स्थानीय तहको निर्वाचनमा होमिएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदातालाई दिने गरेको प्रतिबद्धतालाई हेर्दा चाँडै यस नगरपालिकाको कायापलट हुने देखिन्छ ।

जलेश्वर नगरपालिकाबाट नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार अशोककुमार साहले यस नगरलाई नमूना सहर बनाउने प्रतिबद्धता जनाउँदै आफूलाई भोट मागिरहेका छन् । उनले नेपाली काँग्रेस विकासप्रेमी पार्टी भएको भन्दै विकासलाई पहिलो प्राथमिकतामा राखेर जलेश्वरलाई नमूना सहर बनाउने भन्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

त्यस्तै, यस नगरपालिकाबाट नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार माधव मण्डलले जलेश्वरमा रिङरोड बनाउने प्रलोभन दिँदै जनतासँग भोट माग्न व्यस्त देखिएका छन् । उनले जलेश्वरमा बाटोघाटोको समस्या रहेको र ठूल्ठूला गाडी सहजरुपमा नगरभित्र आउन नसक्ने तथा पैदलयात्रीलाई समस्या हुने गरेको भन्दै एमालेले जितेमा पहिलो काम रिङरोड बनाउने प्रतिबद्धता प्रकट गरेका छन् ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार कौशलेन्द्र शर्माले जलेश्वरनाथ महादेवको नगरी यस जलेश्वर नगरपालिकालाई पर्यटकीय रुपमा देश विदेशमा चिनाउने गरी यसको विकास गर्ने प्रतिबद्धता जनाउँदै जनतासँग भोट मागिरहेका छन् ।

उनले जलेश्वरमा पर्यटनको ठूलो सम्भावना रहेको तर यसको व्यापक प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको भन्दै माओवादी केन्द्रले जिते जलेश्वरलाई देश विदेशसम्म पहिचान कायम हुनसक्ने गरी पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

पछिल्लो मधेश आन्दोलनको परिणामस्वरुप जन्मेको राष्ट्रिय जनता पार्टीका जलेश्वर नगरपालिकाका प्रमुख पदका उम्मेदवार रामशंकर मिश्रले राजपाले जलेश्वर क्षेत्रका जनताको पहिचान, स्वाभिमान र सम्मानको रक्षा गर्ने तथा जलेश्वर नगरको विकासमा सबैसँग सहकार्य गरेर अगाडि बढाउने प्रतिबद्धता प्रकट गर्दै भोट माग्न व्यस्त देखिएका छन् ।

त्यसैगरी, संघीय समाजवादी फोरम नेपालका प्रमुख सुरेन्द्रप्रसाद सिंह र नेपाल लोकतान्त्रिक फोरम जलेश्वर नगरका प्रमुख पदका उम्मेदवार सुरेश साह सोनारले पनि जलेश्वर नगरपालिकाको विकासमा आफूले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै आ–आफ्ना भोट मागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुन्धाराको सडकमा दुई मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुन्धाराको सडकमा दुई मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु

लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्री ओली (पूर्णपाठसहित)

भारत र पाकिस्तानबीच अचानक युद्धविरामको रहस्य

अमेरिका र चीनबीच करमा यस्तो सम्झौता

अर्थमन्त्री पौडेललाई चेम्बर अफ कमर्सका १०१ सुझाव

हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com