
काठमाडौं,११ कात्तिक । प्रदेश नम्बर २ को स्थायी राजधानी र नामांकनको विषयमा सुझाव संकलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ ।
प्रदेशको राजधानी र नामांकनका लागि ढिलाइ भइरहेका बेला प्रदेश सरकारले संवाद तथा सुझाव आयोग गठन गरेको हो । आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले डाक्टर हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
मन्त्रिपरिषदको बैठकले प्रदेशको स्थायी राजधानी र नामांकनको विषय टुंगो लगाउन आयोग गठन गर्ने निर्णय भएको आन्तरिक मामिला मन्त्री यादवले बताउनुभयो । आयोगको टोलीमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहनुभएको छ ।
योगले प्रदेशको राजधानी र नामांकनको बिषयमा कार्यक्षेत्र भित्र विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, संघसंस्था तथा बढीभन्दा बढी व्यक्तिसंग सल्लाह र सुझाव संकलन गर्ने र आयोगले प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषयमा ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ । आयोगले केही दिनभित्रै काम थाल्ने बताइएको छ ।



















प्रतिक्रिया दिनुहोस्