ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि मन्त्री पुनको आग्रह


admin

 काठमाडौं , ११ कात्तिक । सर्विया भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि सर्वियाका उद्योगी तथा व्यवसायीलाई उत्प्रेरित गरिदिन आग्रह गर्नुभएको छ ।

मन्त्री पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच शनिबार भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गर्नुभएको हो । ‘युरो–एसिया इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन सर्विया पुग्नुभएका ऊर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुबै देशका बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमासमेत कुराकानी भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले केही समय पहिले उपप्रधानमन्त्री इभिकाले गरेको नेपाल भ्रमणप्रति नेपाल सरकार, परराष्ट्रमन्त्री र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवादसमेत व्यक्त गर्नुभएको थियो ।

भेटमा मन्त्री पुनले नेपाल र सर्विया असंलग्न आन्दोलनका सहयात्री मुलुक भएको भन्दै आगामी दिनमा समेत विश्व मञ्चमा प्रस्तुत हुँदा साझा धारणा बनाएर जाने प्रस्तावसमेत राख्नुभएको थियो । उहाँले दुबै देशको सम्बन्ध मजबुत बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानमा जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्री पुनले भेटमा भन्नुभयो, “हामी पुराना सहयात्री मुलुक पनि हौँ, नेपाल र सर्वियाको द्वन्द्व र शान्तीको उस्तै–उस्तै अनुभव छ, आगामी दिनमा विश्वमञ्चमासमेत साझा धारणा बनाएर अघि बढाँैं ।” नेपाल लामो समय द्वन्द्वमा गुज्रेको भन्दै मन्त्री पुनले अहिले देश स्थायित्वको युगमा प्रवेश गरिसकेको र मुलुकमा मजबुत सरकार बनेकाले लगानीको उचित वातावरण बनेको जानकारी सर्वियाली उपप्रधानमन्त्रीलाई गराउनुभएको थियो ।

मन्त्री पुनले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानीको लागि सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिन समेत आग्रह गर्नुभयो । उहाँले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको भन्दै त्यसमा लगानी जुटाउन आफूले पहल गरिरहेको धारणा राख्नुभयो । सरकारले नेपालमा बाह्य पर्यटकलाई भित्र्याउन नेपाल भ्रमण वर्षको कार्यक्रम अघि सारेको भन्दै त्यसमा सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा पठाउने वातावरण बनाइदिन पनि उहाँले उपप्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।

“तपाई आफै पनि नेपाल भ्रमणमा जानुभएको छ, नेपाल निकै सुन्दर छ, सरकारले अघि सारेको अभियानमा सर्वियाली पर्यटकलाई नेपाल भ्रमणको लागि उत्प्रेरित गरेर सहयोग गर्नुभयो भने हामी आभारी हुने थियौंँ ।’

भेटमा मन्त्री पुनले भन्नुभयो । जवाफमा सर्वियाका उपप्रधानमन्त्री इभिकाले नेपालसँगको सम्बन्ध मजबुत बनाउन सर्विया इच्छुक रहेको भन्दै नेपालमा लगानीको लागि आफूले निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा जानको लागि वातावरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले इनर्जी फोरममा नेपालले सहभागिता जनाउनुले पनि नेपाल र सर्वियाबीचको सम्बन्ध मजबुत भएको पुष्टि गरेको भन्दै आगामी दिनमा समेत दुबै देशको बिचमा थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com