काठमाडौं,११ कात्तिक । मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी) ले वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी) का महासचिव बैद्यले आईतबार काठमाडौंमा एक कार्यक्रमकाबीच पार्टीको वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम शुभारम्भव गर्नु भएको हो ।
पार्टी स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा माक्र्सवादका मुख्य अवधारणाहरु माक्र्सवादी दर्शन, राजनीतिक अर्थशाष्त्र र वैज्ञानिक समाजवादका विषयमा पार्टीका नेताहरुलाई प्रशिक्षण दिइनेछ ।
वैचारिक राजनीतिक रुपमा पार्टीका नेताहरुलाई सक्षम बनाउन सो प्रशिक्षण कार्यक्रम आयोजना गर्नु परेको पार्टीका वरिष्ठ नेता सिपी गजुरेलले जानकारी दिनु भयो ।
प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्नु भएका पार्टीका ६० जनाभन्दा बढि केन्द्रिय सदस्यहरु सहभागी हुनु भएको छ । ७ दिनसम्म संचालन हुने सो प्रशिक्षण कार्यक्रमले पार्टी भित्रको वैचारिक धारलाई बलियो बनाउने पार्टीले विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस्