काभ्रे, १० कात्तिक । काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ ढकालथोकमा जीप दुर्घटना तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।
शनिबिार दिउ“सो हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पा“चसय मिटर तल खसेको हो । दुर्घटनामा नेपाल प्रहरीका डिआइजी शुशील भण्डारी, धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नगरपालिका वडा नम्बर १० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो ।
उहा“का अनुसार दुर्घटनामा नेपाल प्रहरीका पूर्व एआइजी किरण गौतम, पनौतीका प्रदीप बोगटी, सीताराम हुमागाई र शुसील भण्डारी घाइते हुनुभएको छ । घाइतेमध्ये गौतमको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइतेहरुको धुुलिखेल अस्पतालमा उपचार भइरहेको छ । आजै अपराह्न ४ बजे पा“चखाल नगरपालिका–६ तीन पिप्ले बजारमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
धुलिखेलबाट पा“चखालतर्फ जा“दै गरेको बा ३ क ६४३ नं को टिपरले सोही दिशातर्फ जा“दै गरेको १३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार स्थानीय ५६ वर्षीया रञ्जना गौतमको मृत्यु भएको छ । दुर्घटनामा उहा“का श्रीमान मोटरसाइकल चालक कमल गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्