ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानूनको अभावमा काम गर्न नपाउने अवस्था अन्त्य हुन्छ :अध्यक्ष तिमिल्सिना


admin

पर्वत, १० कात्तिक ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारले कानूनको अभावमा काम गर्न नपाउने अवस्था छिट्टै अन्त्य हुने बताउनुभएको छ ।

पर्वतको बिकट गाउँ बिहादी गाउँपालिका–२ बर्राचौरलाई पूर्ण सरसफाइयुक्त वडा घोषणा कार्यक्रममा उहाँले भन्नुभयो, “तीनै तहका सरकारको अधिकार बाँडफाँड गर्ने कानून आगामी हिउँदे अधिवेशनमा बन्ने र त्यसपछि निर्वाध रूपमा काम गर्ने बाटो खुल्नेछ । ”

अध्यक्ष तिमिल्सिनाले अहिलेसम्म कानूनको अभावमा तीनै तहका सरकारले चाहे जति काम गर्न नसकेको अवस्था रहेको उल्लेख गर्दै यसपटकको हिउँदे अधिवेशनको पहिलो प्राथमिकता नै अधिकार बाँडफाँडसम्बन्धी कानून बनाउने भएकाले सबै तहले काम गर्न सक्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी पुसदेखि सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाइने बताउँदै उहाँले त्यही अधिवेशनमा तीन तहका अधिकार बाँडफाँडका कानून आउने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले बजेट अधिवेशनमा स्थानीय र प्रदेश सरकारलाई आवश्यक पर्ने कानून समयको अभावमा बनाउन नसके पनि हिउँदे अधिवेशनमा यो विषय प्राथमिकता पाएकाले यसमा चिन्ता मान्ने अवस्था नभएको बताउनुभयो ।

अर्को प्रसङ्गमा तिमिल्सिनाले पाङ–बागलुङ जोड्ने ५६७ मिटर लामो पुल निर्माण कार्य छिट्टै शुरु हुने र त्यसमा प्रयोग हुने प्रविधिका आधारमा नाग्लीबाङदेखि बागलुङ, पाङराङदेखि बागलुङको छिस्ती जोड्ने पुलसमेत निर्माणको प्रक्रियामा जाने बताउँदै पर्वत जिल्ला साँच्चिकै अग्ला र लामा पुलले घेरिएको जिल्ला बन्ने धारणा व्यक्त गर्नुभयो ।

कालीगण्डकी लोकमार्गको कुश्मा सेतीवेणी खण्ड कालोपत्रे गर्ने काम आफ्नै कार्यकालभित्र हुने आश्वासन दिँदै उहाँले बर्राचौरदेखि हुवास र फलेबासदेखि हुवाससम्मको सडक कालोपत्रे गरिनेछ भन्नुभयो ।

प्रतिनिधिसभाका सदस्य पदम गिरीले आगामी पाँच वर्षमा सरकारले समृद्धिको स्पष्ट आधार तयार गरी जनताका बीचमा आउने बताउँदै “अहिले सरकारले समृद्धिका लागि आधार तयार गर्दैछ, पाँच वर्षमा हामीले काम गरेर देखाउँछाँै, तपाईंहरुलाई प्रश्न गर्ने ठाउँ राख्नेछैनौँ”, भन्नुभयो ।

प्रदेशसभा सदस्य जुनादेवी नेपालीले प्रदेश सरकारले पर्वतको दक्षिण क्षेत्रमा सडक, खानेपानीलगायतका योजना प्राथमिकताका साथ कार्यान्वयन गर्दै लगेको बताउनुभयो ।

जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले पर्वत जिल्लामा विकासका धेरै सम्भावनालाई सरकारले प्राथमिकता दिएकाले सबै तहको समन्वयमा समुन्नत पर्वत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

बल्खु खोलामा नवजात शिशुको शव फेला

संघीयता स्थापनापछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]ail.com
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...