ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले बनायो समुद्रमाथि ८ रेक्टर स्केलसम्मको भूकम्पलाई सजिलै प्रतिरोध गर्न सक्ने विश्वकै लामो पुल


abc

एजेन्सी ६ कात्तिक । चीनले समुन्द्रमाथि विश्वकै सबैभन्दा लामो पुल बनाएको छ । यो पुल चीनले नौ वर्ष लगाएर निर्माण गरेको हो । सो पुको आउँदो बुधबार उद्घाटन हुँदैछ ।

५५ किलोमिटर लामो हङकङ–झुहाई–मकाउ पुल आउँदो बुधबारबाट सर्वसाधारणका लागि खुला गरिँदैछ । यो पुलले मेनल्याण्ड चीनमा रहेको झुहाई शहरलाई हङकङ र मकाउसँग जोड्नेछ ।

यो पुल समुद्रमाथि र समुद्रमुनि सुरुङसहित तयार पारिएको छ । समुद्रमाथि २२.९ किलोमिटर र समुद्रमुनि ६.७ किलोमिटर लम्बाई रहेको छ । पुलको बाँकी भाग जमिनमाथि नै बनाइएको छ । सुरुङको दुवैतर्फ कृत्रिम द्वीप बनाइएको छ ।

यो पुल बनाउन ४ लाख टन स्टील प्रयोग भएको बताइएको छ । यो पुलले ८ रेक्टर स्केलसम्मको भूकम्पलाई सजिलै प्रतिरोध गर्न सक्नेछ । पुल बन्नुभन्दा पहिले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झुआई जान चार घण्टा लाग्दथ्यो । अब भने यो यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

कतिपयले यो पुलको निर्माणलाई महत्वाकांक्षी बताए पनि कतिपयले भने चीनले हङकङ र मकाउमाथि आफ्नो नियन्त्रण भएको राजनीतिक सन्देश दिन चाहेको पनि बताएका छन् । यो पुल बनाउन १२० अरब युआन झण्डै १७ अरब अमेरिकी डलर खर्च भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी बैठक निर्वाचनमा केन्द्रित, टुंगिएन पदाधिकारी

काठमाडौं, ३ भदौ । नेकपा माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन। पार्टी कार्यालय पेरिशडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकमा पदाधिकारी चयन गर्ने

बाढीले रामेछापमा ५ घर बगायो

रामेछाप, ३ भदौ । रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ ठोसेमा बाढीले पाँच घर बगाएको छ ।हिजो दिनभरि परेको पानीका कारण ठोसेको एकामफेदी बाहुनटोलमा रहेको नासिङ खोलामा आएको

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश

काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा

सम्बन्धित

चन्द्रमामा फेरि मानव लैजाने गरी नासाको विशाल रकेट तयार

श्रीलंका नै फर्किने भए पूर्वराष्ट्रपति राजापाक्षे

मस्जिदमा भएको विस्फोटमा प्रमुख धर्मगुरुसहित २० जनाको मृत्यु

आणविक युद्धले यी ५ देशलाई असर नगर्ने, खानाको अभावमा पनि बाँच्नेछन् मानिस

मालीमा चार रूसी सैनिकको हत्या

शिक्षकका लागि राखेको पानी पिउदा दलित विद्यार्थीले आफ्नो ज्यान गुमाउनुपर्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...