ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले बनायो समुद्रमाथि ८ रेक्टर स्केलसम्मको भूकम्पलाई सजिलै प्रतिरोध गर्न सक्ने विश्वकै लामो पुल


एबीसी न्यूज
कार्तिक ६, २०७५ मंगलबार  ८ : ३९ बजे

एजेन्सी ६ कात्तिक । चीनले समुन्द्रमाथि विश्वकै सबैभन्दा लामो पुल बनाएको छ । यो पुल चीनले नौ वर्ष लगाएर निर्माण गरेको हो । सो पुको आउँदो बुधबार उद्घाटन हुँदैछ ।

५५ किलोमिटर लामो हङकङ–झुहाई–मकाउ पुल आउँदो बुधबारबाट सर्वसाधारणका लागि खुला गरिँदैछ । यो पुलले मेनल्याण्ड चीनमा रहेको झुहाई शहरलाई हङकङ र मकाउसँग जोड्नेछ ।

यो पुल समुद्रमाथि र समुद्रमुनि सुरुङसहित तयार पारिएको छ । समुद्रमाथि २२.९ किलोमिटर र समुद्रमुनि ६.७ किलोमिटर लम्बाई रहेको छ । पुलको बाँकी भाग जमिनमाथि नै बनाइएको छ । सुरुङको दुवैतर्फ कृत्रिम द्वीप बनाइएको छ ।

यो पुल बनाउन ४ लाख टन स्टील प्रयोग भएको बताइएको छ । यो पुलले ८ रेक्टर स्केलसम्मको भूकम्पलाई सजिलै प्रतिरोध गर्न सक्नेछ । पुल बन्नुभन्दा पहिले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झुआई जान चार घण्टा लाग्दथ्यो । अब भने यो यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

कतिपयले यो पुलको निर्माणलाई महत्वाकांक्षी बताए पनि कतिपयले भने चीनले हङकङ र मकाउमाथि आफ्नो नियन्त्रण भएको राजनीतिक सन्देश दिन चाहेको पनि बताएका छन् । यो पुल बनाउन १२० अरब युआन झण्डै १७ अरब अमेरिकी डलर खर्च भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com