ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ABC EXIT POLL : एमाले १४३, काँग्रेस १०७, माओवादी ३५ (भिडियो र टेबलसहित)


admin
असार १६, २०७४ शुक्रबार   १० : ५२   बजे

काठमाडौं, १४ असार । एबीसी न्यूजले दोस्रो चरणको स्थानीय तह निर्वाचनको एक्जीट पोल सार्वजनिक गरेको छ ।

एक्जीट पोल अनुसार तीन वटै प्रदेशमा गरि नेकपा एमाले १४३, नेपाली काँग्रेस १०७, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति ८, नेपाल लोकतान्त्रिक फोरम ६ स्थानमा विजयी हुनेछन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएको राष्ट्रिय जनता पार्टी ८, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा दुई/दुई स्थानमा विजयी हुने प्रक्षेपण गरिएको छ । स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी हुने अनुमान गरिएकोमा २२ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

 

 

एबीसी एक्जीट पोल अनुसार प्रदेश नम्बर १ मा नेकपा एमाले ६६, नेपाली काँग्रेस ४७ र नेकपा माओवादी केन्द्र ५, राष्ट्रिय प्रजातन्त्र पार्टी २, नेपाल लोकतान्त्रिक फोरम ४, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति ५ स्थानमा विजयी हुने प्रक्षेपण गरिएको छ । एक नम्बर प्रदेशमा ७ स्थानमा तीव्र प्रतिस्पर्धा हने छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवारले जित्ने आंकलन गरिएको छ ।

त्यस्तै प्रदेश नम्बर ५ मा नेकपा एमाले ३९, नेपाली कांग्रेस ३२, माओवादी केन्द्र २१ स्थानमा विजयी हुने आंकलन गरिएको छ । त्यस्तै स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका राष्ट्रिय जनता पार्टीका उम्मेदवार ८ स्थानमा विजयी हुने प्रक्षेपण गरिएको छ भने २ स्थानमा राष्ट्रिय जनमोर्चा, ३ स्थानमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति विजयी हुने प्रक्षेपण गरिएको छ । पाँच नम्बर प्रदेशका ४ स्थानीय तहमा भने तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

एबीसी एक्जीट पोल अनुसार ७ नम्बर प्रदेशमा नेकपा एमाले ३८, नेपाली कांग्रेसले २८, माओवादी केन्द्र ९ स्थानमा विजयी हुनेछन् । त्यस्तै, नेपाल लोकतान्त्रिक फोरम २ स्थानमा विजयी हुने आंकलन गरिएको छ भने ११ स्थानमा तीव्र प्रतिस्पर्धा हुनेछ ।

एबीसी एक्जीट पोल सार्वजनिक कार्यक्रममा राजनीतिक विश्लेषक रमेशनाथ पाण्डे, राजनीतिशास्त्री प्राध्यापक डाक्टर लोकराज बराल, पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले, एबीसी न्यूजका अध्यक्ष शुभशंकर कँडेल र एबीसी न्यूजका न्यूज एण्ड करेन्ट अफेयर्स डाइरेक्टर डा. सुरेश आचार्य सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group