
काठमाडौं, १२ असोज । २०७५ सालको वैशाख महिनादेखि यता पाँच महिनाको अवधिमा साढे १४ सय बलात्कार तथा बलाकारजन्य घटना भएको पाइएको छ ।
बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको हत्यारा पक्राउ नपरेको भन्दै सरकारको आलोचना भइरहेका बेला सरकारले नै बलात्कारका घटना बढेको तथ्यांक सार्वजनिक गरेको हो ।
महिला तथा सामाजिक समितिको बिहीबारको बैठकमा गृहसचिव प्रेमकुमार राईले वैशाखदेखि भदौसम्मको अवधिमा ९०० बलात्कार र ५३६ जबरजस्ती करणी उद्योगका घटना भएको उनले बताए । विगतका वर्षहरुको तुलनामा १० प्रतिशत बलात्कार घटना बढेको उनले जानकारी दिए ।



















प्रतिक्रिया दिनुहोस्