
काठमाडौं,११ असोज । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसको माग समेटेर संशोधन नगरेमा संविधान सफल नहुने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधीसभाको बैठकलाई सम्बोधन गर्दे महत्तोले पटक- पटक माग गरे पनि सरकार कानमा तेल हालेर बसेको भन्दै संशोधन नगरेमा विगतमा ६ वटा संविधानजस्तै अहिलेको संविधानको पनि असफल हुने चेतावनी दिनुभएको हो । महतोले आफ्नो पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि विजयी भएका रेशम चौधरीलाई सपथ नखुवाइ जेलमा राखेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो ।
जनयुद्धका बेला हजारौंहजार सुरक्षाकर्मी मारिँदा मुद्दा नचल्ने तर टीकापुर आन्दोलनका बेला सुरक्षाकर्मी मारिँदा भने मुद्दा चलाइएको उहाको आरोेप थियो । महतोले टीकापुर आपराधिक घटना थियो कि थारु आन्दोलन थियो भन्दै प्रश्न गर्दै पहिले यसको निक्र्याेल हुनुपर्ने धारणा राख्नुभयो ।
बैठकमा संघीय समाजवादी फोरमका नेता रामसहाय यादवले सरकारले प्रतिवद्धता गरे अनुसार छिटो भन्दा छिटो संबिधान संसोधन हुनुपर्ने धारणा राख्नुभयो । जनतालाई संबिधान संसोधन गर्ने आश्वासन दिएको भन्दै संबिधानप्रति रहेको बिमतीलाई सरकारले गम्भीर भएर संसदको अर्को अधिवेशनमा पुरा गर्ने बिश्वास व्यक्त गर्नुभयो । उहाले सदनको अधिवेशनबाट दलहरुको सहमतिमा बिभिन्न ऐन कानुन पारित हुनु सकारात्मक रहेको धारणा राख्नुभयो ।



















प्रतिक्रिया दिनुहोस्