“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे‘”
काठमाडौं, ७ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार जीवनको सयौँ बसन्तमा टेकेका छन् । राष्ट्रकवि घिमिरेको यो शताब्दीऔँ जन्मदिन हो ।
घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको हो । जन्मिएको तीन वर्षमै उनले आमा गुमाएका थिए । सय पटकसम्म जन्मदिन मनाउन पाउने विरलै सौभाग्यशाली व्यक्तिमा पर्छन् घिमिरे । आफूसँगैका धेरै प्रतिभाशाली साथीलाई निकै अघि नै संसारबाट बिदा भएको देखेका उनी देशका धेरै राजनीतिक घटनाक्रम र परिवर्तनका साक्षी पनि हुन् ।
बेलाबेलामा अस्वस्थ्य भए पनि उपचारपछि हाल उनी यो उमेरमा पनि साहित्यिक कर्ममा आफूलाई सामेल गराइरहेका छन् । पछिल्लो महाकाव्य ‘ऋतम्भरा’लाई बिट मार्ने तयारीमा उनी छन् । राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।
मर्स्याङ्दी वांगमय प्रतिष्ठानले यो वर्षभरि जन्म शताब्दी मनाउन घिमिरे दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्