काठमाडौं, ४ असोज । सुनसरीको भुताहामा भारतबाट आएका हतियारधारी समूहले एक विद्यालयका प्रधानाध्यापकको हत्या गरेका छन् ।
स्थानीय विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि उक्त समुहले गोली प्रहार गरी हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार प्रहरी र हतियारधारी समूहबीच पनि गोली हानाहान भएको छ । घटनामा प्रहरीमा पनि घाइते भएका छन् भने कति घाइते भए भन्ने विवरण आइसकेको छैन । अहिले जिल्ला सम्पूर्ण नाकाहरु बन्द गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्