काठमाडौ,३असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा हुने कुनै पनि जवर्जस्तो स्वीकार्य नहुने बताएका छन्।
संविधान दिवसका अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा भएको विशेष समारोहलाई सम्बोधन गर्दै अब अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा हुने अनुचित क्रियाकलाप वा जबर्जस्ती स्वीकार्य नहुने बताएका हुन ।
उनले अब हुने आन्दोलन विकास र समृद्धिका लागि हुनुपर्छ जसको उद्देश्य नागरिकमा दायतित्ववोध गराउने हुनु पर्ने बताए ।
संविधानले लोकतन्त्रका सबै विश्वव्यापी मान्यता संस्थागत गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैखालका आर्थिक शोसण, असन्तुष्टि र विद्रोहका स्वरहरूलाई संविधानले सम्बोधन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्