काठमाडौ,३असोज । जनकपुरमा कालो दिवस मनाउने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धनका ५० जनाभन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
संविधानको विरोधमा कालो दिवस मनाउने तयारीमा रहेका जनकपुरको विभिन्न स्थानबाट डा. सिके राउतको कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
अलग मधेशको माग गर्दै आन्दोलनरत्त डा. सिके राउत नेतृत्वको गठबन्धनले आज संविधान दिवसको अवसरमा जनकपुरको बाह्रविघा रंगभूमि मैदानमा कालो दिवस मनाउने तयारी गरेका छन् ।
पूर्व घोषित कार्यक्रम अन्तर्गत डा. सिके राउतले आज मनाउने भनेको कालो दिवस कार्यक्रम असफल पार्न प्रहरीले पहिलादेखि नै सुरक्षा व्यवस्था कडा गरेको बतायएको छ । त्यस्तै राउतका कार्यकर्ता माथि निगरानी बढाएको छ भने डा। राउतलाईसमेत खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्