काठमाडौं, १ असोज । भारतीय सेनाका प्रमुख विपिन रावतले नेपाल र भुटान जस्तो देशले भूभोगको कारण भारततर्फ ढल्किनै पर्ने बाध्यतामा रहेको बताएका छन् ।
रावतले नेपाल चीनतर्फ सम्बन्ध बढ्दै गएको भनी सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन ।
पहिलो बिमस्टेक सैनिक युद्ध अभ्यासको समापनको अवसरमा महाराष्ट्र (भारत) पुनेमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै रावतले नेपालको चीनसँगको गठबन्धन थोरै अवधिका लागि मात्रै भएको बताएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई भारतको अगुवाइमा हुन लागेको युद्ध अभ्यासमा सहभागी नहुन निर्देशन दिएका थिए ।
ओलीको निर्देशनपछि २८ भदौमा आयोजना गरिएको ‘बिमस्टेक राष्ट्रका प्रधान सेनापतिहरुको सम्मेलन’ मा पनि नेपाल सहभागी भएको थिएन ।
प्रतिक्रिया दिनुहोस्