काठमाडौं,१ असोज । दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका एक नेपाली सैनिक जवान गोली लागेर घाइते भएका छन् ।
ती सैनिकलाई आइतबार गोली लागेको नेपाली सेनाले जनाएको छ । तर घाइते जवानको नाम भने सेनाले सार्वजनिक भने गरेको छैन ।
उनलाई खुट्टामा गोली लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उनलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानान्तरण गरी उपचार गरिरहेको र अवस्था खतरामुक्त रहेको नेपाली सेनाले जनाएको छ ।
गोली दक्षिण सुडानको पिपुल्स लीवरेसन आर्मीका जवानबाट चलाएको बुझिएकोछ ।
प्रतिक्रिया दिनुहोस्