
काठमाडौं,३१ भाद्र । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको घटनामा संलग्न अपराधीले उन्मुक्ति नपाउने बताउनुभएको छ ।
आईतबार काठमाडौमा सञ्चारिका समूहको सातौँ अधिवेशन तथा २२ औ साधारणसभा उद्घाटन गर्दे उपप्रधानमन्त्री पोखरेलले कञ्चनपुर घटनाको अनुसन्धान भईरहेको भन्दै घटनामा संलग्न अपराधीले उन्मुक्ति नपाउने बताउनुभएको हो ।
उहाले उक्त घटनालाई कारवाहीको दायरामा ल्याउन केहि समय लागेपनि कोहि दोषी उम्कन नपाउने समेत बताउनुभयो ।
राज्यले गर्ने अनुसन्धानमा गम्भीरताको कमी भएको आरोपको खण्डन गर्दे पोखरेलले राज्य गम्भीर भएर लागेको दाबी गर्नुभयो । उहाले मुलुक स्थायीत्वतर्फ अघि बढिरहेका बेला महिला हिंसाको घटना बढ्नुले प्रश्न खडा भएको धारणा पनि राख्नुभयो । उहाले सामाजिक घटनालाई राजनीतिक रंग नदिन आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा सञ्चारीका समानता पुरस्कार २०७४ सन्त गाहा मगर , स्वर्गीय उमा सिंह पत्रकारिता पुरस्कार २०७४ गीता कुवरलाई प्रदान गरियो । त्यसैगरि सञ्चारिका प्रोत्साहन पुरस्कार २०७४ शिल्पा कर्ण र बर्षा शाहलाई प्रदान गरिएको थियो ।



















प्रतिक्रिया दिनुहोस्