ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वाईन फ्लूको नियन्त्रणका लागि चिकित्सक परिचालन गर्न सांसदको माग


bhawani desk

काठमाडौं,३१ भाद्र । प्रतिनिधिसभाका सांसदहरुले सप्तरीको विभिन्न स्थानमा फैँलिएको स्वाईन फ्लूको महामारी नियन्त्रणका लागि चिकित्सकहरुको विशेष टोली परिचालन गर्न सरकारसँग माग गरेका छन ।

प्रतिनिधिसभाको आईतबार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद तेजुलाल चौंधरी र नमिताकुमारी चौंधरीले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाईन फ्लूको महामारी नियन्त्रणका लागि चिकित्सकको विशेष टोली परिचालन गर्न माग गर्नु भएको हो ।

सांसद तेजुलाल चौंधरीले स्वाईन फ्लूको महामारीबाट ४ जनाको ज्यान गईसक्दा पनि सरकारले सो रोगको प्रकोप नियन्त्रणमा चासो नदिएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । अर्की सांसद नमिताकुमारी चौंधरीले सो रोग नियन्त्रणका लागि आवश्यक चिकित्सकको तत्काल व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

सांसद दुर्गाकुमारी विश्वकर्माले पोखराकी १३ वर्षीया किशोरी पुष्पा केसीको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न पनि सरकारसँग माग गर्नु भयो ।

उहाँले बेगनास तालमा डुंगा दुर्घटनामा परी ज्यान गएका ८ जनाका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो । यसैगरी सांसदहरुले बाढि, पहिरोले बगाएको सडक तत्काल निर्माण गर्न पनि सरकारसँग माग गरेका छन ।

सांसद देवप्रसाद गुरुङले लम्जुङको उत्तरीभेगमा आएको पहिरोले बगाएको सडक बाटो तत्काल निर्माण गर्न सरकारसँग माग गर्नु भयो । सांसद पार्वत गुरुङले बहुवर्षीय योजनाको रुपमा रहेकोे सडक निर्माण कार्यलाई निरन्तरता दिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

सांसद नवराज सिलवालले नेपालको विभिन्न बैंकमा रहेको करिव ८ करोड हजार र पाँच सय दरका भारतीय नोट भारतसँग सटहीका लागि पहल गर्न अर्थ मन्त्रालयसँग माग गर्नु भयो ।

भुटानमा रहेको हजार र पाँच सय दरका भारतीय नोट सटही गर्ने भारत सरकारले नेपालको भने नसाटेकोमा उहाँको आपत्ति छ ।

नुवाकोटका सांसद नारायणप्रसाद खतिवडाले दुप्चेश्वर गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले बस्ती जोखिममा परेकाले ती बस्तीहरुको उचित ठाउँमा स्थानान्तरण गर्न सरकारसँग माग गर्नु भयो ।

अर्का सांसद पुष्पा भुसालले अर्घाखाँचीमा बाघका कारण १२ जना भन्दा बढिको ज्यान गएको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रणमा लिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com