
काठमाडौं,३१ भाद्र । नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईविरुद्ध अमेरिकामा प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले ‘गो ब्याक’ भन्दै भट्टराईविरुद्ध प्रर्दशन गरेका हुन् ।
डा। भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डासहित केही युवाले विरोध प्रदर्शन गरेका थिए । डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा भट्टराई र हिसिला यमीको विरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाले नाराबाजी समेत गरेका थिए ।
तत्कालिन माओवादी युद्धमा हजारौं नागरिकको मृत्यु भएको भन्दै उनीहरुले डा। भट्टराईविरुद्ध प्रदर्शन गरेको बताएका छन् ।
।
उक्त कार्यक्रममा डा। भट्टराईले नेपाल विकास गर्नुपर्ने आवश्यकता औल्याए । डा भट्टराई भाद्र २८ गतेदेखि अमेरिका भ्रमणमा छन् । उनी असोज २२ सम्म उनी अमेरिकमा रहने बताए ।



















प्रतिक्रिया दिनुहोस्