
काठमाडौं,३१ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (विप्लव)नेतृत्वका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई उदयपुर लगिएको छ । उनलाई बम बिस्फोटबारे मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाही गर्न उदयपुर लगिएको हो।
उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार विश्वकर्माले गत चैत्र २८ गते त्रियुगा नगरपालिका(१३ मा बिस्फोट गराएको उजुरी छ । सोही बिस्फोटसम्बन्धी मुद्दामा कारबाही चलाउन विश्वकर्मालाई आइतबार अदालत लैजाने प्रहरीको तयारी छ।
‘शनिबार राजधानीबाट यहाँ ल्याइएको उनलाई आज अदालतमा म्याद थप गर्न लगिने राईले पत्रकारलाई बताएका छन ।
विश्वकर्मालाई भदौ २९ गते सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण मुद्दामा छोड्न आदेश दिएको थियो। विश्वकर्मा पटक(पटक पक्राउ पर्ने र अदालतबाट रिहा हुने शृङ्खला चलिरहेको छ ।
विश्वकर्माले राजधानीमा बसेर अत्यधिक चन्दा संकलन गरेको र देशभर बिस्फोट कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ।



















प्रतिक्रिया दिनुहोस्