काठमाडौं, ३० भाद्र । ३३ किलो सुनकाण्ड प्रकरणमा वैशाख १९ गते पक्राउ परेका एसएसपी दिवेश लोहनी रिहा भएका छन् ।
शुक्रबार उच्च अदालत, विराटनगरले एसएसपी लोहनीलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो।
जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै न्यायधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले एसएसपी लोहनीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
एसएसपी लोहनीले गत असार ७ गते थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।
लोहनीसहित महाशाखाका डिएसपी प्रजित केसी र सर्इ बालकृष्ण सञ्जेलले सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको आरोप लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्