
काभ्रे,२६ भाद्र । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिका सदस्यले दिएको राजीनामाको विषयमा चासो लिएका छन ।
जिल्ला सहकारी संघ, काभ्रेको साधारणसभामा सहभागी हुन आएका गृहमन्त्री बादलले यो विषयले आफू गम्भीर भएको बताएका छन । किन राजीनामा आयो भन्ने विषयमा छानविन गरिरहेको उनले बताए ।
छानविन समितिका सदस्य वीरेन्द्र केसीले सोमबार राजीनामाको घोषणा गरेका थिए । प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका उनले समितिको म्याद थप भएकोमा असन्तुष्टि जनाएका छन् । घटनाका मुख्य अपराधीबाट आफूलाई असुरक्षा भएको दाबी उनले गरेका छन् ।



















प्रतिक्रिया दिनुहोस्