काठमाडौं, २५ भाद्र । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् ।
संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार साँझ नै पदभार ग्रहण गरे ।
नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत भने प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले गरेका छन् ।
संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि जोशी विदा बसेका थिए । तर, मिश्र प्रधानन्यायाधीश नियुक्त भए लगत्तै सर्वोच्च आएका छन् ।
प्रतिक्रिया दिनुहोस्