
काठमाडौं,२५ भाद्र । गृहमन्त्री रामबहादुर थापा‘ बादल’ले प्रशासकहरुले आफूलाई शासकको रुपमा प्रस्तुत नगरी जनताको सेवकको रुपमा प्रस्तुत गर्नुपर्ने बताउनु भयो ।
नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानून र न्यायसम्बन्धी तीन महिने सेवाकालीन तालिमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रको समृद्धि र विकासमा योगदान गर्ने उद्देश्यसहित सबै प्रशासकले काम गर्नुपर्ने बताउनु भएको हो ।
केही प्रशासकहरु भ्रष्टचार गर्छन, काममा जानाजान ढिलासुस्ती गर्छन भन्ने आरोप लाग्ने गरेको बताए । अहिलेको नियम कानुन बुझ्नका लागि समेत यो तालिम उपयोगी हुने गृहमन्त्रीको भनाई छ ।
विकासका लागि भ्रष्टचार प्रमुख बाधक भएको भन्दै यस विरुद्ध सबैको साथ र समर्थन आवश्यक रहेको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो ,हामीले अपराधलाई नियन्त्रण गर्न सक्यो, अपराधीलाई दण्डित गर्न सक्यो नागरिकको रक्षा गर्न सक्यो भने मात्रै सफल हुन्छौं । यसका लागि विधिसम्मत ढंगले कार्य गर्न जरुरी हुन्छ ।’
कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले प्रशासकहरुले अर्ध न्यायिक निकायको रुपमा समेत काम गर्नुपर्ने भएकोले तालिमपश्चात् काममा सहजता हुने धारणा राख्नु भयो ।



















प्रतिक्रिया दिनुहोस्