कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् ।
प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले समितिको म्याद थप गरिएकोमा असन्तुष्टि जनाएका छन् । प्रतिवेदनको मस्यौदा तयार भइसकेको भन्दै उनले भनेका छन्, डीएनए टेष्टको रिपोर्ट र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुनसक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे आफ्नो धारणा समितिमा राख्दै आए । मेरो धारणा र तथ्य ओझलमा पर्ने सम्भावना देखेर जिम्मेवारीबाट हटेँ ।’
घटनामा संलग्न भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । मानसिक सन्तुलत ठीक नभएका विष्टलाई अभियुक्त बनाएर वास्तविक अपराधी लुकाउन खोजेको पीडित पक्षको आरोप छ । अपराधीलाई कारवाही गर्न माग गर्दै भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि एक किशोरको समेत मृत्यु भएको थियो ।
विष्टलाई काठमाडौँ ल्याएर स्वास्थ्य परीक्षण गरि महेन्द्रनगर लगिसकिएको छ । उनको स्वास्थ्य परीक्षण गर्दा यौन उत्तेजनाको पनि जाँच गरिएको छ । स्वास्थ्य परीक्षण प्रतिवेदन एकैपटक अदालतमा बुझाउने प्रहरीले बताएको छ ।
सोमबार दिउँसो राजधानीको केसीले भृकुटीमण्डपमा पत्रकार सम्मेलन आयोजना गरेर छानविन आयोगबाट राजीनामा दिँदै आफ्नो जीवन रक्षाका लागि सरकार, मानवअधिकारवादी संघसंस्था समेत गुहारेका छन्।
प्रतिक्रिया दिनुहोस्