
काठमाडौं ,२४ भाद्र । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी विप्लव नेतृत्वका प्रवक्ता खडगवहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आइतबार दाङको जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
स्थानीय निर्वाचनका समयमा व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरी दाङ ल्याइएका प्रकाण्डलाई केहि समयपछि दाङ जिल्ला अदालत घोराहीमा उपस्थित गराउन लागिएको दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिएका छन ।
चुनावको बेला मंसिर १२ गते दाङ तुलसिपुरमा नेपाली कांग्रेसको सभालाई लक्षित गरि भएको बम बिस्फोटनमा एक जना म्यादी प्रहरीको ज्यान गएकोमा घटनाका दोषी प्रकाण्ड भएको भन्दै उनी विरुद्ध मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमै रहेका प्रकाण्डले पत्रकारसँग संक्षिप्त कुरा गर्दै अदालतको फैसला नमानेर वर्तमान सरकार अराजक बन्दै गएको दाबी गरेका छन ।



















प्रतिक्रिया दिनुहोस्