ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापाको कचनकवल गाउँपालिकामा प्रर्दशनकारीद्धारा तालाबन्दी


bhawani desk

झापा ,२४ भाद्र । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा प्रर्दशनकारीहरुले तालाबन्दी गरेको छ । गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बहुमतको आधारमा एकलौटी ढंगबाट दोस्रो गाउँसभा गर्न खोजेपछि आन्दोलित बनेका प्रर्दशनकारीले आइतबार दोस्रो दिन तालाबन्दी गरेको हुन् ।

शनिवार गाउँपालिकाका जनप्रतिनिधि बीच गाउँसभामै हातपात भएपछि अध्यक्ष आलमले आइतबार विहान ८ बजेसम्म सभा स्थगन भएको घोषणा गरेका थिए ।

आइतबार विहान पुनः गाउँसभा गर्न खोजपछि असन्तुष्ट पक्षका जनप्रतिनिधि, नेपाल कम्प्युनिष्ट पार्टी र नेपाली काँग्रेसका कार्यकर्ताहरु तालाबन्दीसहित विरोध प्रर्दशनमा उत्रिएको नेपाली काँग्रेसका महासमिति सदस्य भुमिप्रसाद राजवंशीले बताउनुभयो ।

गाउँपालिका ६ स्थित बनियानी बजारमा भेला भएका प्रर्दशनकारीले सडकमा टायर बाल्दै विरोध र्याली निकालेका थिए । र्यालीसहित गएका प्रर्दशनकारीले गाउँसभास्थलमा सूचना टाँस गर्दै तालाबन्दी गरेको छ ।

आन्दोलित बनेका स्थानीयको माग सम्बोधन नभएसम्म तालाबन्दी गरिएको र लगाइएको तालालाई जबरजस्ती खोल्न खोजे यसको जवाफदेही स्वमय सम्बन्धित निकायले लिनुपर्ने नेकपाका नवराज भट्टराईले जानकारी दिनुभयो । यता सभास्थलमा तालाबन्दी गरे पश्चात प्रर्दशनकारी गाउँपालिकाको कार्यालयतर्फ गएका छन् ।

प्रर्दशनकारीहरुले गाउँपालिकाको केन्द्र बनियानीलाई सार्न पाइँदैन, तानाशाह एकाधिकार अन्त्य गर, विकास निर्माण कार्य पारदर्शी गर, शिक्षा कार्यविधि खारेज गर, गाउँपालिकालाई कार्यकर्ता भर्ति केन्द्र बन्द गर र पार्टी कार्यकर्ता मुखी बजेट खारेज लगायतको नारा लगाउँदै गाउँपालिका कार्यालय पुगेका थिए ।

गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरामा रहेको छ । प्रर्दशनकारीले गाउँपालिकामा ताला लगाउन खोजेपनि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई बाटैमा रोकेपछि घटनास्थल तनावग्रस्त बनेको छ । उनीहरु अहिले कोणसभा गर्दै बिरोध प्रर्दशनलाई जारी राखेको छ । यता गाउँपालिका अध्यक्ष आलमले दिउँसो ३ बजेपछि असन्तुष्ट पक्षसंग बार्ताका लागि आवहन गरेको छ ।

यता शनिवार दिउँसो दोस्रो सभाको उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरु बीच हातपात भएको थियो । जनप्रतिनिधि बीच भएको हातपातपछि घम्साघम्सीमा परीे कचनकवल ७ महिला सदस्य लक्ष्मी इदिङ्गो घाइते भएका छिन् । उनको टाउँकोमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

नागरिकता विधेयक– मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

नागरिकता विधेयक– मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

ओलीलाई जनार्दनको जवाफ – माओवादी विना तपाईंको सिंहदरबार यात्रा कठिन छ

पोहोरभन्दा बढी भित्रियो रेमिट्यान्स, १० महिनामा १० खर्ब

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीको बेञ्च पूरै खाली– कारण यस्तो

नागरिकता विधेयक प्रमाणीकरणको कागजात मगाउने सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...