काठमाडौं, २३ भाद्र । कास्कीको बेगनासतालमा शनिबार दिउँसो डुङ्गा पल्टिदा एक जनाको ज्यान गएको छ । डुृङ्गा दुर्घटनामा परी ३ जना घाइते भएका छन् भने अन्य ५ जना बेपत्ता रहेका छन् ।
बेगनासताल पारी एक स्थानीयको घरमा दर खाने कार्यक्रममा जाने क्रममा ९ जना सवार डुङ्गा पल्टिएको हो । डुङ्गा दुर्घटनामा परी नाम नखुलेका एक जना महिलाको बेगनासतालमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । तीनजना घाइतेको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको र अन्य ५ जनाको खोजी कार्य जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्