
काठमाडौं,२२ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतिय सरकारको निमन्त्रणामा भारतको भ्रमणमा रहेका छन ।
भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीहरुसँग आज छलफल गर्दै उनले नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको उनले बताए ।
छलफलमा सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल भारतबीच भएका सम्झौताहरु कार्यान्वयन गराउन र नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउने भारत भ्रमणको उद्देश्य रहेको बताएका छन ।
उनले हाल दुई देशका बीचको सम्बन्धमा सकारात्मक विकास भएको पनि उल्लेख गरेका छन ।
कार्यक्रममा प्रवासी नेपालीहरुले नेपाली सीमामा हुने गरेका घटना रोक्न पहल गर्न आग्रह गरेका थिए भने बैंक खाता, भोटर आइडी, इस्योरेन्स लगायतका समस्याका बारेमा पनि समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए ।
प्रवासी नेपालीसँग भेटघाटको व्यवस्था मिलाएकोमा कार्यावहाक राजदूत तथा दूतावासका कर्मचारीहरुमा धन्यवाद ज्ञापन गरेका छन ।



















प्रतिक्रिया दिनुहोस्