काठमाडौं ,२१ भाद्र ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वाराज लगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ । अध्यक्ष प्रचण्डले आर्इसिडब्लुएले आयोजना गरेको कार्यक्रमलार्इ सम्बोधन पनि गर्नुहुनेछ। तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि उहाँ भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्