काठमाडौं,२० भाद्र । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेलाई सिफारिस गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको संबैधानिक परिष्द् बैठकले अख्तियारका कार्यवाहक प्रमुख आयुक्त घिमिरेलाई नै प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको सभामुख कृष्ण वहादुर महराले जानकारी दिनुभयो ।
बैठकमा प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको विषयमा पनि छलफल गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रमुख आयुक्तमा सिफारिस भएका घिमिरेको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्