
काठमाडौं, २० भाद्र। ज्येष्ठ नागरिकहरुले पाउँदै आएको वृद्धभत्ता बढाउन सरकारले पूरक बजेट ल्याउने सोच बनाएको नेकपाका शीर्षनेताले संकेत गरेका छन् ।
चुनावको समयमा आफ्नो घोषणा पत्रमै उल्लेख गरेका तत्कालिन दुई कम्यूनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले बहुमत सगै सरकार गठन भएपछि आएको बजेटमा घोषणपत्रमा उल्लेख गरेजस्तो बजेट नआएपछि पुरक बजेट ल्याउने तयारी गरेका छन् ।
पूरक बजेट ल्याएर हुन्छ या अन्य कुनै उपायले भए पनि नेकपाले गरेको प्रतिवद्धता सम्वोधन हुनैपर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
नेकपाका अध्यक्ष प्रचण्डले आफ्नै निवासमा मंगलबार भने– ‘जनतामा हिजो हामीले गरेको प्रतिवद्धता (बजेटमा) आएन भनेर देखिएको हुनाले कहीँ न कहीँ सम्बोधन गर्न सरकारले प्रयास त गर्नुपर्छ, जताबाट गरे पनि । त्यो पूरक बजेटबाट गर्न सजिलो हुन्छ भने पूरक बजेटबाट र अरु कुनै तरिकाबाट हुन्छ भने अरु तरिकाले ।’ सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता दिँदा आशिर्वाद दिने बूढाबूढीहरुले अहिले जिल्लामा जाँदा सराप दिन थालेको बताउँदै प्रचण्डले अगाडि भने– ‘पाँच सय रुपैयाँमात्रै थपिदिन पाएको भए र पाँच वर्षमा ५ हजार पुर्याइदिन्छौं भन्न पाएको भए अहिले हाईहाई भइराख्थ्यो, त्यत्ति पनि भएन ।’



















प्रतिक्रिया दिनुहोस्