ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनौतिहरूको चाङमा: कान्छा प्रधानमन्त्री !


डिल्लीराज आचार्य
चैत्र १३, २०८२ शुक्रबार  ७ : ३१ बजे

यो केवल कुर्सीको हेरफेर होइन, यो त दशकौँदेखि कुशासन र सिन्डिकेटको जालोमा फसेका ३ करोड नेपालीको आशाको विस्फोट हो

‘आज चैत्र ११ गते । एउटा ठूलो परिवर्तनको पूर्वसन्ध्या । आउँदो चैत्र १३ गते रामनवमी । असत्यमाथि सत्यको विजयको उत्सव । संयोग पनि कस्तो ? ठ्याक्कै त्यही पवित्र दिन बालेन्द्र शाह (बालेन) देशको प्रधानमन्त्रीको आसन ग्रहण गर्दै हुनुहुन्छ ।

लेखक

यो केवल कुर्सीको हेरफेर होइन, यो त दशकौँदेखि कुशासन र सिन्डिकेटको जालोमा फसेका ३ करोड नेपालीको आशाको विस्फोट हो । खाडीमा पसिना बगाउने दाजुभाइदेखि देशमै केही गर्छु भन्ने युवाहरूको भरोसा अब तपाईंको काँधमा छ, बालेनजी ।

रावणरूपी भ्रष्टाचार र बेथिति अन्त्य गर्ने यो महायज्ञमा हाम्रो पूर्ण साथ र समर्थन रहनेछ । अब भाषण होइन, परिणामको पालो । अब ‘उदाउँदो नेपाल र स्वाभिमानी नेपाली’ को पालो ।’

आजसम्मको अभूतपूर्व जनमतको अविरजात्राबाट मुलुकी मुख्तियारीको यात्रा आरम्भ गरेका बालेन्द्र शाहको मुख्तियारी स्वाभाविक हो, तर सहज भने पटक्कै छैन ।

माथिका शब्दहरू जेठ ११ गते बिहान करिब पौने दश बजेतिर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो फेसबुकमा राखेको स्टाटसका अंश हुन् । गत फागुन २१ मा भएको चुनावले ‘अबकी बारः बालेन सरकार’ नारालाई सार्थकता दियो । केपीको प्रतिस्पर्धामा बालेनले कसरी जित्लान र ? औँलामा गन्न सकिने गरी आउँछन् बालेनहरू भन्ने केपीहरूका लागि सार्वजनिक रूपमा अनुहार देखाउनसमेत कठिन हुने अवस्था पार्ने गरी परिणाम आयो । परिणाम जगजाहेर छ ।

आज अर्थात् चैत्र १३ गतेको साढे दुई बजेदेखि बालेन्द्र शाह (बालेन) मुलुकका नयाँ प्रधानमन्त्री हुँदैछन् । वि.सं. १८२४ अर्थात् नेपाल एकीकरणको आरम्भ समयदेखि आजसम्मका मुलुकी मुख्तियार (मुख्तियार, अध्यक्ष एवं प्रधानमन्त्री आदि) को संख्या हिसाब गर्दा उनी ४९ औँ र लोकतान्त्रिक गणतन्त्र स्थापना (२०६३) पछिको क्रममा नवौँ प्रधानमन्त्रीका रूपमा आसिन हुँदैछन् । उमेरका हिसाबले जङ्गबहादुर राणा (२९), तुलसी गिरी (३३), वीरशमशेर राणा (३४) र सूर्यबहादुर थापा (३६) पछि ३६ वर्षको उमेरमा प्रधानमन्त्री पदमा आसीन हुँदैछन् बालेन्द्र शाह ।

यसैगरी लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएका प्रधानमन्त्रीहरूमा उमेरले सबैभन्दा कान्छा र पदभार ग्रहणको हिसाबले पनि सबैभन्दा पछिल्ला प्रधानमन्त्रीका रूपमा उनी उदाएका छन् । वि.सं. २०६३ देखिको यात्रा सम्झने हो भने खिलराज रेग्मी (६३ वर्ष), केपी ओली (पहिलो पटक ६४), झलनाथ खनाल (६९), सुशील कोइराला (७४) हुँदै सुशीला कार्की (७४) सम्मका ज्येष्ठ नागरिकहरूको मुख्तियारीमा मुलुक चलाइयो—वा भनौँ, लतारियो र धेरै अर्थमा पछारियो नै ।

आजसम्मको अभूतपूर्व जनमतको अविरजात्राबाट मुलुकी मुख्तियारीको यात्रा आरम्भ गरेका बालेन्द्र शाहको मुख्तियारी स्वाभाविक हो, तर सहज भने पटक्कै छैन । असङ्ख्य चुनौतीहरूको चाङले मुख्तियारीका हरेक पाइलामा ठेस लगाउने दुस्साहस गर्नेछ । यसका लागि व्यक्तिगत, साङ्गठनिक, प्राविधिक, नीतिगत र व्यवस्थापकीय कौशलता नभए आशावादी नागरिकहरूका हातमा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुन जानेछ । मुख्तियारीको सफल अवतरण र निरन्तर यात्राका लागि चुनौतीहरूको पहिचान पहिलो आवश्यक कदम हो भने दोस्रो चुनौतीहरूको क्रमशः सामना र व्यवस्थापन हो ।

सरसर्ती हेर्दा बालेन्द्र शाह सरकारका प्रमुख चुनौतीहरू निम्नानुसार छन् :

१. आफ्नै सांसदहरूको स्वच्छता कायम र दक्षता अभिवृद्धिसहितको व्यवस्थापन

२. आफूसहित केही सांसदमा रहेको अति इन्ट्रोभर्ट (बन्द स्वभाव) लाई उचित एक्स्ट्रोभर्ट (खुला स्वभाव) मा र अति एक्स्ट्रोभर्ट सांसदहरूलाई केही इन्ट्रोभर्टमा रूपान्तरण

३. प्रतिपक्षसहित पुराना दलहरू र रास्वपा विरोधीहरूको विरोधको पहिचान र व्यवस्थापन

४. परम्परावादी सार्वजनिक प्रशासनमा आधुनिकीकरण र रूपान्तरण

५. सार्वजनिक सेवामा रहेको चरम भ्रष्टाचार नियन्त्रण

६. व्यापार घाटासहितको आर्थिक मन्दीको व्यवस्थापन

७. मडारिँदो तेस्रो विश्वयुद्धको सङ्केतबीच अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा असंलग्न नीतिको सफल प्रयोग

८. औद्योगिक शून्यताप्रायः परिस्थितिमा व्यापक औद्योगिकीकरण

९. कृषिमा आधुनिकीकरण

१०. प्राविधिक चेत र दक्षतासहितको शिक्षामा व्यापक जागरण र सुधार

११. संविधान संशोधनसहितको शासकीय पुनःसंरचना

१२. प्रभावकारी न्यायका लागि न्यायिक पुनःसंरचना

१३. पछिल्लो जेनजि आन्दोलन जाँचबुझ (कार्की) आयोगसहित २०४६ सालपछि गठन भएका सबै आयोगहरू (धमिजा, लाउडा, भुटानी शरणार्थी, सहकारी, वालुवाटार, ओम्नी, पासपोर्ट, सुनतस्करी, चियाबगान, मिटरब्याज आदि) को प्रतिवेदन सार्वजनिकरण, योजना तर्जुमा र कार्यान्वयन आरम्भ

१४. यत्रतत्र प्रभाव जमाइरहेका बिचौलियाहरूको पहिचान र पूर्ण निषेध

१५. सार्वजनिक यातायात सेवामा सहजता प्रदान

१६. सार्वजनिक निर्माणका ढिलासुस्ती र बेइमानीमा दण्ड र चुस्तता कायम

१७. जनस्वास्थ्य सेवाप्रवाहमा जबरजस्त सुधार

१८. सुकुम्बासी समस्या

१९. सञ्चार क्षेत्रसहित विविध कोणबाट आउने जवाफदेहितासम्बन्धी प्रश्नहरूको जिम्मेवारीबोधयुक्त जवाफ

२०. चरम बेरोजगारी र श्रमशक्तिको पलायन

२१. जनजनको मन र जीवनशैलीमा गरिखाने संस्कृतिको विकास

२२. क्रमशः चुलिँदै पहाड बनेका विविध जनअपेक्षाहरूको सम्बोधन, क्रमशः चुलिँदै पहाड बनेका विविध जनअपेक्षाहरूको सम्बोधन

यी चुनौतीहरू प्रमुख र प्रतिनिधिमूलक हुन् । यिनलाई थप विस्तार गर्दै जाँदा चुनौतीहरूको फेहरिस्त अझ लामो बन्न सक्छ ।

भनिन्छ, अरूलाई सुधार्न र रूपान्तरण गर्न पहिले आफैँमा सुधार र आवश्यकताअनुसारको रूपान्तरण जरुरी हुन्छ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले महानगर प्रमुखको कार्यकालमा सार्वजनिक सेवाप्रवाहमा गर्न नसकेका वा कार्यसम्पादन गर्दा तितो अनुभव भएका कुराहरूको आत्मसमीक्षा गर्दै आफ्नो स्वभाव र क्षमतामा आवश्यक रूपान्तरण र अभिवृद्धि गर्नुपर्ने हो कि होइन ? यदि हो भने कुन सन्दर्भमा ? यो स्वयं समीक्षा पहिलो आवश्यकता हो ।

यतिबेला विश्लेषक तथा विज्ञहरू भनिरहेका छन्— मुलुकको मूल समस्या व्यवस्था र संविधानको मात्र होइन, नेता र नेतृत्वको निष्ठायुक्त आचरण तथा कार्यशैली पनि हो । मुख्यसचिवदेखि कार्यालय सहयोगीसम्मका राष्ट्रसेवकहरूको आचरण, कार्यक्षमता र कार्यशैली पनि हो ।

राज्यको नीति र कार्ययोजना शब्दमा समयसापेक्ष बनाउन केही दिनमा विज्ञहरू खटाएर सकिएला, तर कार्यसम्पादनको जाँगर, मन र कलम अरूले चलाउँदैनन् । प्रत्येकले पूर्ण निष्ठा र समर्पणभावले आफैँ उचाल्नु र चलाउनु पर्छ । मुलुकी सुदिनका लागि मुख्तियारीदेखि माथिल्ला सबै तहका नेतृत्वहरूको स्वभाव र कार्यशैलीमा सकारात्मक रूपान्तरण आवश्यक छ ।

बालेन्द्र शाहको मुख्तियारीमा मुलुकको अनुहार फेरिन सक्छ कि सक्दैन भन्ने कुरा माथि उल्लिखित चुनौतीहरूको सम्बोधन, कार्ययोजना निर्माण र कार्यक्षमतामा भर पर्नेछ ।

हिन्दूहरूको पवित्र रामनवमीको शुभ दिनमा, १२:३४ को शुभ साइतमा, १०८ बटुक र १०८ बौद्ध भिक्षुहरूको मन्त्रोच्चारण तथा ७ शङ्खध्वनिले गुञ्जयमान वातावरणमा शपथ ग्रहण गरी सिंहदरबारस्थित प्रधानमन्त्रीको कुर्सीमा पदासीन हुन गइरहेका बालेन्द्र शाह (बालेन), तिमीलाई बधाईसहित माथि उल्लिखित चुनौतीहरूको सामना र पूर्ण व्यवस्थापन गर्ने क्षमता मिलोस् । हार्दिक शुभकामना छ ।

लेखक उच्चदालका पूर्व न्यायधिश हुन्।, २०८२ चैत्र १३ ऐरावती–१, धनवोट, प्यूठान

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

सम्बन्धित

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

बालेनले आज प्रधानमन्त्रीको शपथ लिँदै

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

“लचिलो यथार्थवाद” को झूटो वाचा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com