ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीमा सिद्धान्त र विचारभन्दा फोटो प्रचार गर्ने पुँजीवादी शैली हुर्केको छ : सहअध्यक्ष श्रेष्ठ


bhawani desk
भाद्र २०, २०७५ बुधबार   ११ : १०   बजे

 

काठमाडौं,२० भाद्र । सङ्घीय समाजवादी फोरम, नेपालको काठमाडौँको ताम्सिपाखा, पुस्पलालपथमा भएको एक भेलामा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपालमा सच्चा सङ्घवादी पार्टी निर्माण हुन कठिन रहेको कुरा बताए ।

उनले नेपालमा सात दशक अगाडीदेखि नै नेपाली काङ्ग्रेसले लोकतन्त्र र समाजवादको वकालत गरेको र कम्युनिष्ट पार्टीले पनि जनताको जनवाद र समाजवादकै वकालत गरेको बताउँदै समाजवाद र लोकतन्त्रका लागि मात्र हो भने सङ्घीय समाजवादी फोरम स्थापनाको औचित्यता नरहने र समाजवादका लागि काङ्ग्रेस र कम्युनिष्ट पार्टी भए पुग्ने बताएका छन ।

नेता श्रेष्ठले आफ्नो पार्टीको स्थापना उत्पीडित राष्टियताहरूको मुक्तिका लागि सङ्घवादका सिद्धान्तहरूको कार्यान्वयन, राष्ट्रिय पहिचानको मान्यता, समानुपातिक समावेशी लोकतन्त्र, जातीय समानता र सहअस्तित्वलाई जोड दिँदै बहुराष्ट्रियतामा आधारित सङ्घीय समाजवाद स्थापनाका लागि भएको बताए ।

उनले पार्टीका नेता कार्यकर्ताहरूमा पार्टीको विचारभन्दा नेताहरूको फोटो प्रचार गर्ने पूँजीवादी शैली हुर्केको बताए । उनले स्वस्थानीका कथामा महादेवले विष पनि पिएर अरुको उदार गरे जस्तो नेताहरूले जनताको उदार गर्छ भनेर सोच्नु समाजलाई नबुझ्नु हो भने ।

उनले ‘व्यक्तिभन्दा पार्टी र नेताभन्दा नीति ठूलो’ भन्ने अवधारणालाई समाउन सके मात्र पार्टीभित्र सङ्घीय समाजवादी वैचारिक जग बलियो हुने भएकाले यस दिशामा लाग्नुपर्ने बताए ।

सहअध्यक्ष श्रेष्ठले अव हुने पार्टीको स्थानीय तथा प्रदेश अधिवेशनहरूमा तलैबाट निर्वाचित प्रतिनिधिहरू आउने र तिनीहरूले गुणात्मक ढङ्गले फड्को मार्न सक्ने गरी नेतृत्व चयन गर्ने बताउँदै सबै नेता कार्यकर्ताहरू स्वच्छ प्रतिस्पर्धाका लागि तयार हुनुपर्ने बताए ।

उनले तदर्थ समिति वा आयोजक समिति भने पार्टी विधान बमोजम माथिल्लो समिति वा तोकिए बमोजिमको भेलाबाट गठन हुने बताए । तदर्थ समितिको काम भनेको पार्टी विधानको धारा ६० अनुसार अधिवेशनबाट निर्वाचित समिति गठन नभएसम्मका लागि मात्र भएको बताउँदै आगामी कार्तिकभित्र स्थानीय तहको र मङ्सीरभित्र प्रदेश र भातृ सङ्गठनहरूको अधिवेशन गर्नुपर्ने बताए ।

सांसद श्रेष्ठले पार्टीमा धृतराष्ट्रको पुत्रमोहजस्तो आफू नजिकका कार्यकर्तालाई मात्र च्याप्न खोज्ने ‘घृतराष्ट्र प्रवृत्ति’ र नेताहरूलाई महानायक जस्तो ठानेर चाकरी गर्ने ‘सकुनी प्रवृत्ति’ दुबै घातक भएकाले त्यस्तो प्रवृत्तिबाट पार्टीलाई जोगाएर मात्र सच्चा सङ्घवादी र समाजवादी पार्टी बन्न सक्ने भन्दै काङ्ग्रेस र कम्युनिष्टभन्दा फरक नयाँ ढङ्गको पार्टी निर्माणमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group