काठमाडौं,१९ भाद्र । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरुका विषयमा कडा कदम चाल्ने तयारी भइरहेको बताए ।
मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै उनले अहिलेको क्याबिनेटमा रहेका मन्त्रीहरुका विषयमा समीक्षा भइरहेको बताएका छन ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारका विषयमा प्रधानमन्त्री केपी ओलीसँग मिलेर समीक्षा सुरु भएको बताएका हुन् ।
मन्त्रीहरुलाई सचेत बनाउँदै प्रचण्डले जनताको पक्षमा काम नगर्नेबारेमा सोच्न सकिने बताएका छन । ‘यो पार्टी वा त्यो पार्टी नभनीकन दुबै अध्यक्ष मिलेर समीक्षा गरिरहेको, उनले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्