काठमाडौं,१९ भाद्र । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई विराटनगर हुँदै भोजपुर लगिएको छ ।
मोरङका प्रहरी प्रवक्ता डिएसपी निशान थापाको नेतृत्वमा गएको प्रहरी टोलीले पत्रकारलाई छल्दै एयरपोर्टको रनवेबाटै प्रहरी भेनमा हालेर लगिएको हो ।
विराटनगर एयरपोर्टमा विशेष सुरक्षा नियन्त्रणका साथ नेता प्रकाण्डलाई भोजपुर जिल्ला अदालतमा उपस्थित गराउन विराटनगर पुर्याइएको थियो ।
गत साउन २३ गते जबर्जस्ती चन्दा उठाएको आरोपमा पक्राउ परेका नेता प्रकाण्डलाई छाड्न सर्वोच्च अदालतले पटक–पटक आदेश दिएता पनि प्रहरीले भने विभिन्न खालका मुद्दा लगाउँदै अदालतबाट छुटेलगत्तै उनलाई गिरफ्तार गर्दै आएको छ ।
पुर्वमन्त्री सम्म रहेका नेता प्रकाण्डलाई गत वर्षको प्रदेशसभा निर्वाचनका क्रममा पूर्वसञ्चारमन्त्री तथा हालका १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको गाडीमा बम पड्काएको अभियोगमा अदालत उपस्थित गराउने तयारी भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्