काठमाडौं,३१ साउन । गत निर्वाचनअघि राजपा त्यागी सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयश त्रिपाठी औपचारिक रुपमा नेकपामा प्रवेश गर्ने भएका छन् ।
बिहीबार नेकपाको धुम्वाराहीस्थित पार्टी कार्यालयमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको उपस्थितिमा नेता त्रिपाठी लगायत नेताहरु पार्टीमा भित्र्याउन लागिएको नेकपाले जनाएको छ ।
त्रिपाठी प्रतिनिधिसभाको निर्वाचनमा नवलपरासी–१ बाट विजयी भएका थिए ।
राजपाका तत्कालीन नेताहरु सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले बिहीबार विभिन्न नेताहरु पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्