ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews ▶
प्रधानमन्त्रीको संसदमा स्पष्टीकरण अनिवार्य #abctvnepal -एमालेको बटमलाइन #balen#abcwatch #bignews
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको कडा निर्देशन: “सांसदहरूले पार्टीको लाइन बोल्नुपर्छ, व्यक्तिगत डम्फु होइन”


एबीसी न्यूज
चैत्र १२, २०८२ बिहीबार   ४ : २१   बजे

काठमाडौं, १२ चैत — केपी शर्मा ओली ले आफ्ना सांसदहरूलाई संसदमा व्यक्तिगत धारणा होइन, पार्टीको आधिकारिक विचार मात्रै प्रस्तुत गर्न स्पष्ट निर्देशन दिएका छन्। बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै उनले अनुशासन र एकतामा जोड दिएका हुन्।

नेकपा एमाले का अध्यक्ष ओलीले सांसदहरूलाई स्वतन्त्र रूपमा बोल्ने शैलीप्रति असन्तुष्टि जनाउँदै भने, “पार्टीका विचार संसदमा बोल्नुपर्छ। पार्टीले देशको विचार अघि बढाएको छ। तीभन्दा बाहिर ‘मलाई यस्तो लाग्यो’ भनेर बोल्ने छुट हुँदैन।” उनको भनाइले संसदीय भूमिकामा व्यक्तिगत अभिव्यक्तिभन्दा पार्टी लाइनलाई प्राथमिकता दिनुपर्ने स्पष्ट संकेत गरेको छ।

ओलीले पार्टीले संसदमा प्रभावकारी भूमिका खेल्ने दाबी गर्दै भ्रम फैलाउने होइन, जनतालाई सचेत बनाउने जिम्मेवारी सांसदहरूको भएको बताए। “हामीले जनतालाई सही जानकारी दिने र राजनीतिक रूपमा सचेत बनाउने काममा चुक्नु हुँदैन,” उनले जोड दिए।

यससँगै उनले पार्टीभित्र एकता कायम राख्न पनि आग्रह गरे। प्रतिकूल अवस्थामा आन्तरिक विवादलाई सार्वजनिक रूपमा उचाल्नु उपयुक्त नहुने भन्दै उनले सबैलाई एकढिक्का भएर अघि बढ्न निर्देशन दिए। “जुनसुकै कठिन अवस्थामा पनि पार्टी एकजुट भएर अघि बढ्नुपर्छ,” उनले भने।

ओलीको यो निर्देशनलाई एमालेभित्र अनुशासन कडाइ र ‘केन्द्रित राजनीतिक लाइन’ लागू गर्ने प्रयासका रूपमा व्याख्या गरिएको छ। नयाँ संसदको सुरुआतसँगै उनले सांसदहरूलाई स्पष्ट सन्देश दिएका छन्— पार्टीभन्दा बाहिर गएर व्यक्तिगत एजेन्डा अघि सार्ने छुट छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

सम्बन्धित

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

घरेलु मैदानमा क्यानडाको संघर्षपूर्ण सुरुआत, लारिन बने उद्धारकर्ता

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group