
विराटनगर, २० साउन । महिला तथा बालबालिकामामाथि बलात्कार हिंसाका घटना रेडियो,टेलिभिजन,पत्रपबिकामा दैनिकी बन्दैगएको छ ।
यस विषयमा राज्यको ध्यान आकार्षण गराउदै विराटनगरमा बलात्कार, महिला तथा बालबालिकामाथि हिंसा गर्नेहरूलाई कारवाही माग गर्दै युवाले शनिबार प्रदर्शन गरेका छन्।
पछिल्लो समय मुलुकका बिभिन्न क्षेत्रमा बलात्कारका जघन्य अपराधका घटना दिन(दिनै बढ्दै गएको भन्दै युवाले दवाबमूलक र्याली निकालेका हुन्। र्यालीमा कोही बलात्कारीको भूमिकामा देखिन्थे र कोही बलात्कृत भएकी युवाको नाटकीय भूमिकामा थिए।
‘अति भयो अत्याचार, धेरै भयो बलात्कार’ लेखिएका प्लेकार्डसहित विराटनगरका सडकमा युवा जमातले विरोध र्याली निकालेका हुन्। युवाले संविधानमा यति कुरा टासिँदे, बलात्कारीलाई फाँसी दे जस्ता प्ले कार्डसमेत बोकेका थिए।
ट्राफिक चोकबाट निस्किएको र्याली विराटनगरको मेन रोड हुँदै तीन पैनी पुगेर जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि कोणसभामा परिणत भएको थियो। कोणसभालाई युवा अभियान्ता दिपेश धिमाल, निखिल नेपाल, सन्जु गौतम लगायतहरूले सम्बोधन गरेका थिए।



















प्रतिक्रिया दिनुहोस्