काठमाडौं, १९साउन । सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर ३ जना बिद्यार्थी बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा खुम्जुङ माविमा अध्ययनरत पेम्बा नुरी शेर्पा, सुनिल बराईली र पेम्बा दोर्जे शेर्पा छन् । शैक्षिक भ्रमणमा गएका बिद्यार्थी शिक्षकको आँखा छलेर गोक्यो हिमतालमा नुहाउन गएका जनाइएको छ ।
बेपत्ता ३ बिद्यार्थीको खोजीको लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रहरी र अभिभावकसहितको टोली त्यसतर्फ गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्