काठमाडौं,१८ साउन । साझा प्रकाशनका कर्मचारी आफूलाई पुनः बहाली गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
साझाले २० वर्ष सेवा गरेका कर्मचारीलाई सबै सुविधा उपलब्ध गराउने शर्तसहित स्वेच्छिक अवकाश दिएका कर्मचारीले ‘केही नपाएको’ भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
ललितपुरको पुल्चोकस्थित साझाको कार्यालय निरन्तर धर्नामा बस्दै आएका छन् । धर्नामा देशैभरिबाट जम्मा भएका १ सय २८ जना कर्मचारी रहेको उनीहरुको भनाइ छ ।
सरकारले न्यून रकम मात्र उपलब्ध गराएको र पाउनुपर्ने रकम पटक पटक माग गर्दा संस्थाका अध्यक्ष तथा महाप्रबन्धकबाट प्रत्येक पटक भाखा राख्ने, समय लम्ब्याउने र आश्वासनमात्र पाएको पीडित कर्मचारीले गुनासो गरेका छन् ।
गत असार मसान्तसम्म सम्पूर्ण रकम उपलब्ध गराउने वा साउन १ गतेदेखि सम्पूर्ण अवकाश प्राप्त कर्मचारीलाई यथावत रुपमा पुनर्बहाली गर्ने लिखित प्रतिबद्धता आएपनि कार्यान्वयन हुन नसकेको उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्