तेह्रथुम, १८ साउन । आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियारको टोलीले शुक्रबार दिउँसो साढे १ बजे सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट आएको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको हो । उनलाई जग्गा रजिष्ट्रेसनमा सेवाग्राहीबाट घुस लिँदै गर्दा रंङ्गेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्