काठमाडौं,१८ साउन । त्रिभुवन विमानस्थलको धावनमार्ग अस्थायी रुपमा मर्मत गरेपछि उडान र अवतरण नियमित भएको छ ।
शुक्रबार बिहान उडान र अवतरण भैरहेको बेला धावनमार्गमा चिरा परेको देखिएलगत्तै दुईपटक उडान र अवतरण बन्द गरिएको थियो ।
चिरा परेको ठाउँमा अस्थायी रुपमा मर्मत गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन विमानस्थलको धावनमार्ग पटकपटक बिग्रने गर्दा उडान र अवतरण प्रभावित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्