काठमाडौं, १६ साउन। संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार पनि निर्णय गर्न सकेन । अर्को बैठक पर्सि बस्नेछ ।
पर्सि बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरु भएको थियो । बैठकमा प्रमुख विपक्षी कांग्रेसले पूर्वसांसद कृष्णकुमार जोशीको निधनको शोकमा बैठक स्थगित गर्न माग गरेको थियो । नभए बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक पर्सि १० बजेका लागि सारिएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्