ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इमरान खानको सपथग्रहणमा मोदी र ओली बन्न सक्छन् पाहुना !


एबीसी न्यूज
श्रावण १५, २०७५ मंगलबार  ८ : ३४ बजे

काठमाडौं, १५ असार । पाकिस्तानका प्रधानमन्त्रीको सपथग्रहणमा समारोहमा इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गर्ने सम्भावना रहेको छ ।
उनको पार्टी पाकिस्तान–तहरिक–ए–इन्साफ(पीटीआई) ले भारतीय प्रधानमन्त्री मोदीसहित सार्कका अन्य नेतालाई समेत बोलाउने विचार गरिरहेको छ ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सपथग्रहण समारोहमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफसहित सार्क राष्ट्रका सरकार प्रमुखहरुलाई आमन्त्रण गरेका थिए । नेपालका तर्फबाट पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

पीटीआईका एक नेताका अनुसार सपथग्रहणमा कस–कसलाई बोलाउने भन्ने बारेमा छिट्टै निर्णय गर्ने बताए । इमरान खानले आफ्नो सपथग्रहणमा भारतीय प्रधानमन्त्री मोदीसहित सार्क देशका सरकार प्रमुखलाई बोलाएर नयाँ कुटनीतिक अध्यायको सुरुवात गर्ने सम्भावना रहेको छ । यस्तोमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओली पनि इमरानको पाहुना बनेर पाकिस्तान जाने सम्भावना रहेको छ ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इमरान खानबीच टेलिफोन वार्ता भएको र दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय सुरु हुने बताए । पीटीआईका प्रवक्ता फवाद चौधरीले विदेश मन्त्रालयसँग सल्लाह लिएर यस विषयमा छिट्टै निर्णय गरिने बताए ।

सार्क राष्ट्रका सबै सरकार प्रमुखलाई निमन्त्रणा पठाइएमा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, मालदिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन, बंगलादेशी प्रधानमन्त्री शेख हसिना, अफगानी राष्ट्रपति अश्रफ घानी पनि इमरान खानको सपथग्रहण समारोहमा पाकिस्तान पुग्नेछन् ।

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इमरानलाई फोन गरेर जितको बधाई दिएका थिए । मोदीले दुई देशबीचको सम्बन्ध सुधारका लागि इमरानलाई काम गर्न सुझाव दिएका थिए ।

इमरान खानले चुनावमा आफ्नो पार्टीले जित हासिल गरेलगत्तै पत्रकार सम्मेलनमा पाकिस्तान र भारतको सम्बन्ध सुधार्ने काममा अगाडि बढ्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com