ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना


एबीसी न्यूज

काठमाडौँ, १५ साउन । सशस्त्र प्रहरी बल नेपालले परिवर्तित संघीय संरचनाअनुसार नयाँ संगठनात्मक संरचना लागू गरेको छ ।

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता बाबुराम पाण्डेले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनःसंरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण २०७५’ बमोजिमको संरचना यही साउन १ गतेदेखि लागू भएको जानकारी दिनुभयो । उहाँले राष्ट्रको परिवर्तित आवश्यकता परिपूर्ति तथा विशेष सुरक्षा प्रदान गर्न हालको संचरनालाई परिमार्जन गर्न मन्त्रिपरिषद्बाट स्वीकृत भएको बताउनुभयो ।

हाल ६३ जिल्लामा उपस्थिति जनाएको सशस्त्र प्रहरी बल अब ७७ जिल्लामा उपस्थित हुनेछ । हाल विद्यमान पाँच वटा बाहिनीहरुको संख्यामा वृद्धि गरी सातै प्रदेश र उपत्यकामा एक गरी आठ बाहिनी स्थापना गरिएको उहाँले दिनुभयो । सशस्त्र प्रहरी बल ऐन तथा नियमावलीमा समयानुकूल परिमार्जन एवं संशोधनको प्रक्रिया अघि बढेको जानकारी दिँदै उहाँले प्राविधिक सेवालाई स्तरोन्नति गरिने बताउनुभयो ।

त्यस्तै विद्यमान तालीम केन्द्र यथावत राखी थप नयाँ पाँच तालीम केन्द्र स्थापना गरिएको छ । झापादेखि कञ्चनपुरसम्मका सीमावर्ती जिल्ला र सिन्धुपाल्चोकमा हाल रहेका ८७ सीमा निरीक्षण पोस्ट (बिओपी) लाई अन्तर्राष्ट्रिय मान्यताअनुसार गणबाट परिचालित हुने गरी पोस्टको संख्या वृद्धि गरिएको उहाँले बताउनुभयो । पोस्टको संख्या वृद्धि गरिएसँगै पोस्टमा खटिइने जनशक्तिको पनि वृद्धि गरिएको छ ।

हाल एउटा विओपीमा २३७ जनशक्ति कार्यरत रहेकामा अब उक्त जनशक्ति बढाएर ६२१ पु¥याइएको छ । सशस्त्र प्रहरी बललाई बढीभन्दा बढी प्रभावकारी र जनमुखी बनाइने उल्लेख गर्दै उहाँले संगठनमा व्यक्तिगत सरुवा पद्धतिको अन्त्य गर्दै युनिट सरुवा प्रणाली लागू गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका र चितवनको कुरिनटारलगायत सबै बाहिनीमा ५०/५० जनाको दरले विपद् उद्धारका क्षेत्रमा दक्ष जनशक्ति खटिइएको जानकारी दिँदै प्रवक्ता पाण्डेले यस अवधिमा उद्धार कार्यमा चार हजार ७१९ सशस्त्र प्रहरी परिचालित भएको बताउनुभयो ।

आपत्विपद्का समयमा उद्धार कार्यका लागि ७७ वटा छुट्टाछुट्टै टोली गठन गरिएको छ । त्यस्तै १३ स्थानमा एम्बुलेन्ससहित प्राथमिक उपचारको सामग्री तथा अन्य सुरक्षा सामग्रीसहित चौविसै घन्टा तैनाथ रहेको बताइएको छ ।

नेपाल सरकारको भ्रष्टाचार र लैगिंक हिंसामा शून्य सहनशीलता, मानवअधिकारको पूर्ण सम्मान गर्ने नीतिको अक्षरशः पालना गरिएको बताउँदै प्रवक्ता पाण्डेले अनुशासनहीन कामकारवाही गरी जवाफदेही नहुने र आचरण विपरीत कार्य गर्ने २१० प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले गत वैशाखदेखि असारसम्म कूल रु तीन करोड ८९ लाख ४४ हजार ९४३ बराबरको चोरी पैठारी निकासी, अवैध सवारी साधन बरामद गरी सम्बन्धित कार्यालयमा बुझाएको जनाएको छ ।

सशस्त्र प्रहरी बलमा हाल ३७ हजार १०० जवान तथा अधिकृत कार्यरत छन् । प्रत्यक्ष रुपमा सेवा प्रदान गर्न दैनिक रुपमा नौ हजार जनशक्ति खटिइएको बताइएको छ । हाल प्रदेश नं १ र कर्णाली प्रदेशमा क्षेत्रीय अस्पताल रहेकामा अब सबै प्रदेशमा अस्पताल स्थापना गरिने लक्ष्य लिइएको छ ।

सशस्त्र प्रहरी बलले सीमा सुरक्षा तथा सीमा व्यवस्थापन, विपद् व्यवस्थापन तथा सेवा, सुरक्षा, सहयोग र उद्धार, औद्योगिक सुरक्षा, राजस्व तथा भन्सार सुरक्षा एवं राजस्व संकलन अभिवृद्धि गराउन सहयोग पु¥याउँदै आइरहेको छ । त्यस्तै सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, दंगा नियन्त्रण, अपहरित व्यक्तिको उद्धार र विशिष्ट तथा अतिविशिष्ट व्यक्तिको सुरक्षालगायत जिम्मेवारी पूरा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com