कञ्चनपुर, १४ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्तको शव पाँचौं दिन दाह संस्कार गरिएको छ । बलात्कार गरि फालिएको अवस्थामा फेला परेकी उनको हत्या भएको पाँचौ दिन सोमबार महाकाली नदीमा दाह संस्कार गरिएको हो । मृतकका बुवा यज्ञराज पन्तले छोरीको चितामा दागबत्ती दिएका हुन् ।
अझ पनि बालिकाको बलात्कार गरी हत्या गरिएको विषयलाई लिएर स्थानीय बासिन्दा र जिल्ला अधिकारकर्मीले विरोध प्रदर्शन गर्दै उनीहरुले घटनास्थल वरपर प्रहरी बिट स्थापना गर्नु पर्ने, दोषिको पहिचान गरी छिट्टै कारवाही गर्नुपर्ने, पीडित पक्षलाई न्याय दिनुपर्नेलगायतका माग राख्दै विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।
बालिकाको हत्या भएको यतिका दिन बितिसक्दा समेत अपराधि पहिचान हुन नसक्दा स्थानीय अझै आक्रोशित छन् । प्रहरीको चौतर्फी विरोध भएपछि अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०कोे टोली महेन्द्रनगर पुगेको छ । प्रहरी नायव उपरीक्षक अगुंर जीसीको नेतृत्वमा तीन जनाको टोली महेन्द्रनगरमा आइतबार आएको हो ।
हत्याको विरोधमा प्रदर्शन गरिरहेका केही आन्दोलनकारीले भने बालिकाको दाहासंस्कार पछि पनि आफूहरुको प्रदर्शन जारी रहने बताएका छन् । ‘हाम्रो आन्दोलन र प्रदर्शन रोकिएको छैन’ आन्दोलनमा सहभागी वडा नम्बर १९ की सन्तोषी ऐरले भन्नुभयो ‘बालिकाको दाहसंस्कार पछि पनि हाम्रो स्थानीय प्रशासन, प्रहरी र जिल्ला प्रशासनमा प्रदर्शनका कार्यक्रम जारी रहने छ । ’
प्रतिक्रिया दिनुहोस्